Logo
Logo

संक्रमण घटिरहँदा भारतमा कोरोनाबाट मृत्यु हुनेको नयाँ रेकर्ड


दृष्टि संवाददाता

6.9k
Shares


काठमाडौं । एक सातायता नयाँ संक्रमण घटे पनि भारतमा मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन । पछिल्लो २४ घन्टामा काेराेनाबाट अहिलेसम्मकै धेरैले ज्यान गुमाएका छन् ।


मंगलबारको तथ्याङकअनुसार २४ घन्टामा चार हजार तीन सय २९ जनाले ज्यान गुमाएका छन् ।


नयाँ संक्रमित र निको हुने दर भने सकारात्मक छ । मंगलबार पनि नयाँ संक्रमितको संख्या घटेको छ । दुई लाख ६३ हजार पाँच सय ३३ जनामा संक्रमण भएको छ । नयाँ संक्रमितको संख्या एक महिनायताकै न्यून हो । त्यस्तै ४ लाख २२ हजार एकैदिन निको भएका छन् । निकाे हुनेकाे स‌ख्या अहिलेसम्मकै उच्च हाे ।


धेरैको मृत्यु हुनको कारण दुई साताअघि भारतमा संक्रमण पिकमा रहेको र त्यसमा बिरामी भएकाहरुको अहिले मृत्यु भएको विश्लेषण गरिएको छ । चार लाख धेरै एकै दिन निको हुनुले पनि त्यसलाई संकेत गर्दछ । अबका दिनमा निको हुनेको संख्या बढ्ने र मृत्यु हुनेको संख्या घट्ने आँकलन गरिएको छ। पछिल्लो एक सातामा भारतमा सक्रिय संक्रमितको संख्या करिब तीन लाख घटेको छ

प्रतिक्रिया दिनुहोस्