महोत्तरी । शौचालयको पानी बगेको बिषयमा भएको बिवादमा कुटपिट हुँदा महोत्तरीमा एकको हत्या भएको छ भने अर्का गम्भीर घाइते छन् ।
मटिहानी नगरपालिका–३ बर्दाहा बस्ने २५ वर्षीय मो.जाबेद राईनको हत्या भएको हो । कुटपिटमा संलग्न रहेको अभियोगमा मटिहानी नगरपालिका–३ बर्दाहा बस्ने ४४ वर्षीय असरफ कवारी र सोही ठाउँ बस्ने १९ वर्षीय अमानुन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
मटिहानी नगरपालिका–३ बर्दाहा बस्ने हजरत राईन र आलिम राईनबिच शौचालयको पानी बगेको बिषयमा भएको बिवादमा कुटपिट हुँदा मानिसहरू घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धिरापुरबाट र प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले घाइते मो.जाबेर समेत ४ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाएकोमा मो.जोबरको बाटोमै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १ जनाको अवस्थामा गम्भीर रहेको छ ।