काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेर आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बिहान देउवालाई ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।
पत्रकार सम्मेलनमार्फत ओलीले यसबारे खुलासा गरेका हुन् । ‘आज बिहान मात्र मैले शेरबहादुर देउवाजीलाई फोन गरेर वैकल्पिक सरकार बनाउन आग्रह गरें,’ उनले भने,‘हामी शान्त प्रतिपक्षी भएर सहयोग गर्न तयार छौं होइन भने मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ, म साझा भूमिका खेल्छु भने ।’
विपक्षीहरुले राष्ट्रिय राजनीतिलाई विभाजनको बाटोमा लैजाने काम गरेको उनको आरोप छ । राजनीतिलाई तनाव र घृणातर्फ लैजान खोजेको उनको भनाई थियो । पत्रकार सम्मेलनमार्फत उनले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन उनले आग्रह गरेका छन् ।
राष्ट्रपतिको आलोचना गरेकोमा समेत उनले आक्रोश व्यक्त गरेका छन् ।