काठमाडौं । प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफुले बारम्बार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बारम्बार फोन गर्दै आएको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले आफुलाई प्रचण्डको फोन नआउने र आफुले नै पटक पटक गर्दै आएको उनले बताएका हुन् ।
शुक्रबार पनि आफुले प्रचण्डलाई फोन गरेको उनको भनाई थियो । विविध विषयमा छलफलका लागि आफुले प्रचण्डलाई फोन गर्दै आएको तर प्रचण्डले आफुलाई फोन नगर्ने उनको भनाई छ । आफ्नो फोनको प्रचण्डले धज्जी उडाएको समेत उनको भनाई थियो ।
बालुवाटारमा सम्पादकहरुको प्रश्नको जवाफ दिदै सर्वाैच्च अदालतको फैसलापछि प्रचण्डले पार्टी एकीकरणको अनिच्छा देखाएको र यो स्थितीमा पार्टी अलग अलग हुने स्थिती बनेको ओलीको प्रष्टिकरण छ ।