Logo
Logo

प्रधानमन्त्रीको हर्कत देखेर लाज पनि लजाएको छः विश्वप्रकाश शर्मा


दृष्टि संवाददाता

1.3k
Shares


काठमाडौं । आफुले विश्वासको मत पाउने अवस्था नभएकाले संविधानको धारा ७६(५) अनुसार सरकार गठनको बाटो खुलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफैंसँग बहुमत रहेको दाबी गरेका छन् । शुक्रबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा समेत ओलीले खासमा आफुसँग ९३ जना मात्र सांसद रहेको बताएका थिए ।


तर, पार्टीका माधव नेपाल तथा जसपाका उपेन्द्र यादबदेखि बाबुराम भट्टराईसम्मको समर्थन रहेको पत्र राष्ट्रपति कार्यालयमा बुझाएका छन् । १५३ सांसदको समर्थनको दाबी ओलीको छ । ओलीको यस्तो कदमको कानूनविद्देखि अन्य पार्टीका नेताले आलोचना गरेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त ओलीसँग लाज पनि लजाएको भनेर टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्–


‘बहुमत छैन’ भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले ‘बहुमत छ’ भनेर फेरि दाबि गर्दा दुनियाँ हांसेको छ ! लाज स्वयं लजाएको छ !

रास्ट्रपति महोदया ! सतिसालको शिरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो । अलमलको गोलमालमा संस्थाको गरिमा ओह्रालो अझै कति लगाउनु हुन्छ ?

प्रतिक्रिया दिनुहोस्