Logo
Logo

राष्ट्रपति र प्रधानमन्त्रीको तानाशाही कदम क्षम्य हुने छैनः भलनाथ खनाल


दृष्टि संवाददाता

1.3k
Shares


काठमाडौं । प्रतिनिधिसभा बिघटन गरेर चुनावको घोषणा भएकोमा तिव्र विरोध भइरहेको छ । पूर्व प्रधानमन्त्री समेत रहेका एमाले नेता झलनाथ खनालले समेत यसको चर्काे आलोचना गरेका छन् ।


यो कदम तानाशाही भएकाले क्षम्य नहुने उनको भनाई छ । त्यसविरुद्ध एकजुट हुन उनले आह्वान गरेका छन् ।


उनले लेखेका छन्–
राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ । यो कदम कदापि क्षम्य हुने छैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु ।

प्रतिक्रिया दिनुहोस्