काठमाडौं । नेकपा(एमाले)मा केपी शर्मा ओलीबाट लखेटिएका माधव नेपाल समूहले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । नयाँ पार्टी गठन आफुहरुको बाध्यता भएको उनीहरुको भनाई छ ।
यसैबीच नेता नेपाल निकट बिद्यार्थी नेता जीवन राईले निर्वाचन आयोगमा नेकपा(एकीकृत) नामक पार्टी दर्ता गरेका छन् । नेताहरुकै निर्देशनमा उनले सो पार्टी दर्ता गरिएको बुझिएको छ । पार्टीको चुनाव चिन्ह कलम छ ।
शुक्रबार पार्टी दर्ताका लागि निवेदन दिइएकोमा प्रमाणपत्र भने दिइएको छैन । चुनाव चिन्ह कलम दावी गरे पनि आयोगले निर्णय गरिसकेको छैन ।
नेता नेपाल निकट खिमलाल देवकोटा राष्ट्रिय सभा निर्वाचनमा कलम चुनाव चिन्ह लिएर लडेका थिए ।
नेता नेपालको पार्टीको को–को आबद्ध हुन्छन् भन्ने प्रष्ट भइसकेको छैन । नेपालसहित, झलनाथ खनाल, भिम रावल, भिम आचार्य, अष्टलक्ष्मी शाक्य, रामकुमारी झाँक्रि लगायत भन्ने प्रष्टै रुपमा लागिसकेका छन् ।
कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा नेता नेपालले आफु नयाँ पार्टीको दर्ताको तयारीमा रहेको बताएका छन् ।