काठमाडौं । स्वास्थ्य तथा जनसख्या मन्त्री हृदयेश त्रिपाठीले अबको चार सातापछि मात्र कोरोना संक्रमण घट्ने बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
हाल उपत्यकामा केही घटेपछि उपत्यका बाहिरका जिल्लामा संक्रमण बढीरहेको उनको भनाई छ । केही सेवाहरु सुचारु रहेकाले त्यसका कारण पन संक्रमण बढीरहेको उनको भनाई छ ।
हाल देशभरी एक सय ५७ अस्पतालमा कोभिडका बिरामीको उपचार भइरहेको उनको भनाई छ ।
कोरोनाको नयाँ भेरियन्ट थप सक्रिय भएको र स्वास्थ्य संकटकाल लगाउन आफुहरु सकारात्मक रहेको मन्त्री त्रिपाठीले बताए ।