Logo
Logo

ओलीद्वारा महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव


19.3k
Shares

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवको रुपमा नेता शंकर पोखरेलको नाम प्रस्ताव गरेका छन् ।

एमालेको १०औ महाधिवेशन अन्तरगत चितवनमा जारी बन्दसत्रमा नेतृत्व चयन गर्ने जिम्मा पाएका अध्यक्ष ओलीले नेता पोखरेललाई महासचिवमा प्रस्ताव गरेको एमाले स्रोतले जानकारी दिएको छ । महासचिवका अर्का आकांक्षी विष्णु पौडेललाई मनाएरै ओलीले पोखरेलको नाम प्रस्तव गरेको बताइएको छ ।

दिनभर होटलमा बसेर होमवर्क गरेका ओली करिव रातको १० बजेमात्र बन्दसत्रस्थल प्रवेश गरेका थिए । ओलीले सहमतिका लागि तयार परेको प्रस्ताव अहिले अध्यक्षमण्डलसामु प्रस्तुत गररेका छन् । अध्यक्ष मण्डलको बैठकपछि ओलीले उक्त प्रस्ताव वाचन गर्ने बताइएको छ ।

ओलीले सहमतिको प्रस्तावको रुपमा सूची प्रस्तुत गरे पनि सर्वसम्मत नेतृत्व चुन्ने सम्भावना भने कम छ ।

प्रतिक्रिया दिनुहोस्