काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय निर्वाचन मूल समिति गठन गरेको छ। शनिबार बसेको पार्टी मुख्यालयको बैठकले वरिष्ठ नेता अशोक कुमार राईको संयोजकत्वमा स्थानीय तह निर्वाचन मूल समिति गठन गर्ने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह निर्वाचन मूल समिति गठन गरिएको बारे सबै केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय समिति, संघीय परिषद्, प्रदेश, जिल्ला समितिमा परिपत्र गरेका छन् ।
स्थानीय तह निर्वाचन मूल समितिमा १९ जना केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेश सरकारका १–१ जना मन्त्री गरी २२ जना सदस्य छन् ।