डडेल्धुरा । डडेलधुरामा सत्तारूढ दलबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । यो नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो ।
आइतबार बसेको बैठकले केन्द्रको निर्णयलाई स्वागत गर्दै गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय गरेको हो । कांग्रेस जिल्ला उपसभापति दिल्लीराज जोशीको नेतृत्वमा बसेको बैठकमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्लास्तरका नेताहरू सहभागी थिए ।
बैठकले निरन्तर छलफल जारी राख्ने निर्णय गरेको पनि कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतले बताए । उनका अनुसार बैठकले निर्वाचनसम्म गठबन्धनलाई प्रभाव पार्ने खालका अभिव्यक्ति कुसैले नदिन समेत निर्णय पनि भएको छ ।