Logo
Logo

अष्ट्रेलियाबाट प्रधानसेनापति शर्मा स्वदेश फिर्ता


252
Shares

काठमाडौं । अष्ट्रेलियामा सम्पन्न एनुअल चिफ्स अफ डिफेन्स सीएचओडी) कन्फरेन्स – २०२२ मा सहभागी भएर प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्।

शर्मा शुक्रबार बेलुकी काठमाडौं आइपुगेका हुन्। शर्मालाई बलाधिकृत रथी श्री बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा स्वागत गरे।

अष्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इण्डोप्यासिफिक कमाण्डद्वारा अष्ट्रेलियाको सिड्नीमा आयोजित (सीएचओडी)मा सहभागी हुन प्रधानसेनापति शर्मा गत साउन ७ गते अष्ट्रेलिया प्रस्थान गरेका थिए।

साउन ९ देखि ११ गतेसम्म चलेको कन्फरेन्समा एसिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरूको उपस्थितिमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षसहित सुरक्षाका विविध विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरुका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्भाभ थप विस्तार हुने र सैनिक कुटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने नेपाली सेनाले बताएको छ।

प्रतिक्रिया दिनुहोस्