Logo
Logo

सजिलो बाटो जो पनि हिँड्छ, असजिलोमा हिँड्ने हिम्मत गर्नुपर्छ : भट्टराई


945
Shares

काठमाडौं । जसपा छाडेर नेपाल समाजवादी पार्टी गठन गरेका डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमा आफूहरुले दुई÷तीनवटा प्रयोग गरेर पनि परिणाम दिन नसकेको बताए ।

नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै उनले नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशको राजनीतिमा धेरै परीक्षणहरु गर्नुपर्ने बताए ।

फाइल फोटो

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘विज्ञानको आविष्कार थुप्रै प्रयोगबट गुज्रेर मात्र पुष्टि हुन्छ । दुई÷तीनवटा प्रयोग त हामीले ग¥यौं, तर त्यसले मात्र हामीले खोजेको जस्तो परिणाम दिइराखेको छैन ।’

उनले नेपाली समाजको जटिलता, जटिल भू–राजनीति रहेको भन्दै त्यसमा धेरै परीक्षणबाट गुज्रिनुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘त्यही अनुभूति गरेर हामीले यही पार्टीलाई पुनर्गठन र पुनर्संरचना गर्दै नेपाल समाजवादी पार्टी गठन गरेका छौं ।’

डा. भट्टराईले भने, ‘हामीले एउटा नयाँ इतिहास सुरुवात गर्ने हिम्मत र आँट गरेका छौं । नयाँ काम जहिले पनि अप्ठेरो हुन्छ । तर अप्ठेरासँग जुधेर मात्र ऐतिहासिक काम, रुपान्तरणकारी काम गर्न सकिन्छ ।’

उनले सजिलो बाटो जो पनि हिँड्न सक्ने भन्दै समस्या समाधानका लागि अप्ठेरो बाटो हिँड्नुपर्ने बताए । उनले भने, ‘सजिलो बाटो त जो पनि हिँड्छ । समस्याहरुको समाधानका लागि असजिलो बाटो हिँड्ने हिम्मत र साहस गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्