Logo
Logo

संसद बैठक : चोलेन्द्रविरुद्धको महाभियोगमाथि छलफल हुँदै


504
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसर बैठक बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने सम्भावित कार्यसूची रहेको छ ।

गत फागुन १९ गते संसदमा प्रधानन्यायाधीश जबरामाथिको महाभियोग दर्ता भएपनि उनी निलम्बनमा रहेका छन् । त्यसयता महाभियोगको प्रस्तावमाथिको छलफल अघि बढ्न सकेको थिए ।

त्यसका साथै आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन बुझाउने लगायतका कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्