Logo
Logo

गोसाइँकुण्डमा अस्थायी स्वास्थ्य शिविर


252
Shares

रसुवा । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा लाग्ने धार्मिक मेला भर्न जाने तीर्थयात्रीका लागि अस्थायी स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

तीर्थयात्रीको स्वास्थ्यमा समस्या आउन नदिन हिमालयन उद्धार संघ नेपालले स्वास्थ्य शिविर गर्ने भएको हो । काठमाडौंबाट साउन २० गते नै ७ जना चिकित्सक एवं स्वास्थ्य सहायकको टोली त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

स्वास्थ्य शिविर साउन २३ देखि २७ गतेसम्म चल्ने छ । गोसाइँकुण्ड ४ हजार ३ सय ८० मिटरको उचाईमा छ । यहाँ तीर्थालुलाई लेक लाग्ने, टाउको दुख्ने, भोक नलाग्ने, स्वाँस्वाँ हुने, वाकवाक लाग्ने, बान्ता हुने, अस्वभाविक थकान महसुस हुने, नभएको वस्तु पनि भएजस्तो लाग्ने र एउटा वस्तुलाई दुई वटा देख्ने जस्ता समस्या आउने गर्दछ ।

धार्मिक मेलामा हजारौँको संख्यामा तीर्थयात्री गोसाइँकुण्ड पुग्ने गर्दछन् । विश्वव्यापी महामारीका कारण २ वर्ष सरकारले कुनै पनि भेला, जमघट नगर्नु, नगराउनु भन्ने सूचना जारी गरेका कारण स्वास्थ्य शिविर सञ्चालन हुन सकेको थिएन ।

संघले लामो समयदेखि जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्