Logo
Logo

प्रहरी हस्तान्तरण गर्न केन्द्र सरकारलाई एक हप्ताको अल्टिमेटम


4.3k
Shares

जनकपुरधाम । मधेस प्रदेश सरकारका गृहमन्त्री भरत साहले एक हप्ताभित्र प्रहरीलाई हस्तान्तरण गर्न प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीसँग माग गरेका छन् ।

मन्त्री साहले आइतबार प्रदेश प्रमुख मिश्रमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै एक हप्ताभित्र प्रहरी हस्तान्तरण गर्न माग गरेका हुन् ।

तोकेको सीमाभित्र प्रदेश प्रहरी समायोजन तथा हस्तान्तरण नभए शान्तिपूर्ण विरोधका कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार बाध्य हुने उनले चेतावनी दिएका छन् । केहि दिनअघि मात्र मन्त्री साहले पत्रकार सम्मेलन गरी संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

‘संविधान तथा संघीय ऐनले प्रहरी र शान्ति सुरक्षाको जिम्मेवारी प्रदेशलाई सुम्पिएको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘प्रहरी समायोजनमा संघीय सरकारले कुनै तदारुकता नदेखाउँदा प्रहरी र प्रशासन विनाप्रदेश सरकारको अनुभूत हुन नसकेको व्यहोरा सादर अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्