Logo
Logo

तत्कालीन वन अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा


1.1k
Shares

काठमाडौं । डिभिजन वन कार्यालय मुगुका तत्कालीन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडाैंमा भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।

टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माण गर्दा ६ लाख ३२ हजार ६ सय ७७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

बुढथापासहित तत्कालीन सब–इन्जिनियर गोरसिंह बडुवाल, असिस्टेन्ट सब–इन्जिनियर हिमालकुमार मल्ल, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाही रहेका छन् ।

उनीहरूसँग जनही ६ लाख ३२ हजार ६ सय ७७ रुपैयाँ ५० पैसा बिगो दाबी गरिएको छ । त्यस्तै, हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टंकदत्त प्याकुरेलसहित ४ जनाविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्