Logo
Logo

सिंहदरबारका नासु र खरिदार आन्दोलित


9.3k
Shares

काठमाडौंं । सिहंदरबारभित्रका निजामती कर्मचारी आन्दोलित भएका छन् ।

अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहका कर्मचारीको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।

निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईका अनुसार पहिलो चरणमा आज ‘पेन डाउन’ आन्दोलन भएको हो । सरकारले असमान तलब वृद्धि गरेको र प्रस्तावित संघीय निजामती सेवा ऐनको मागको सन्दर्भमा वृहत् आन्दोलनको तयारी भइरहेको भट्टराईले बताए ।

आजै संघीय मामिलामन्त्रीसँग भेट्ने, अर्थसचिव र मुख्य सचिवलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम छ नासु र खरिदारका मागहरू सम्बोधन नगरे सामूहिक राजीनामा समेत हुनसक्ने चेतावनि दिए ।

प्रतिक्रिया दिनुहोस्