Logo
Logo

कांग्रेसले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने


441
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । सोमबार बालुवाटारमा बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

यही साउनको ३० र ३१ गते काठमाडौंमा प्रशिक्षण कार्यक्रम आयोजना गरिने नेपाली कांग्रेसले जनाएको छ । प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी हुनेछन् । साथै, बैठकमा चुनावी तालमेलको मोडालिटीबारे समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्