Logo
Logo

काँग्रेस बैठक : जित्नेगरी तालमेल गर्न नेताकाे सुझाव


2k
Shares

कांग्रेस । नेपाली कांग्रेसका नेता देशभर तालमेलको पक्षमा देखिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा नेताहरुले अधिकांश स्थानमा जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका हुन् ।

गठबन्धनका अन्य दलले अस्वाभाविक माग राख्दा मत ट्रान्सफर गराउन गाह्रो हुने काँग्रेस नेताहरूको भनाइ थियो । बैठकमा नेता विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई गठबन्धनमा सामेल गराउँदा राम्रो हुने बताएका थिए ।

गठबन्धन सम्बद्ध बाँकी दलको कुरा सुनेर फेरि बस्ने गरी बैठक सकिएको छ । दिउँसो ३ बजेपछि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठबन्धनको कार्यदलको बैठक बस्दै छ । बैठकमा गठबन्धनको सिट बाँडफाँटको आधार र मापदण्डको विषयमा छलफल हुने छ ।

पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँटबारे छलफल गर्ने कार्यदलको तयारी छ । प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ ।

प्रतिनिधिसभामा काँग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् । प्रदेशमा पनि कर्णाली बाहेकमा काँग्रेसले एकल बहुमत आउने गरी दाबी प्रस्तुत गरेको छ ।

एक्लै बहुमत नजिक पुग्ने काँग्रेसको दाउ र आफ्नो समर्थन बिना बहुमतमा जान नदिने माओवादी र समाजवादीको रणनीति देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्