Logo
Logo

सशस्त्र प्रहरीलाई टेन्ट र छाप्राकै बास


315
Shares

कञ्चनपुर । भारतसँग सीमा जोडिएका कञ्चनपुरका १४ स्थानमा रहेका सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) मा भौतिक संरचनाको अभाव छ ।

यहाँका सुरक्षाकर्मी टेन्ट र छाप्राको भरमा बस्न बाध्य छन् । पुर्नवास, बेलौरी, देवीस्थान, भुडा, ब्रम्हदेव, पचुईमा मात्रै बस्नका लागि भवन रहेका छन् । अन्य बिओपीमा टेन्ट र कच्ची संरचना मात्रै हुँदा हतियार जोगाउनै सशस्त्र प्रहरीलाई मुस्किल छ । टेन्ट र छाप्रा चुहिने अवस्थामा पुगेका छन् ।

डुबानमा समेत पर्ने समस्या छ । यता सशस्त्र प्रहरी बल ३५ नम्बर गण झलारीका एसपी अमरबहादुर ऐर भने वर्षात् अगावै बिओपीमा बस्ने जवानका लागि नयाँ टेन्टको व्यवस्था गरिएको बताउँछन् । जग्गा प्राप्ति नहुँदासम्म केन्द्रले बजेट नदिने व्यवस्थाका कारणले भौतिक संरचना बनाउन नसकिएको उनले बताए ।

‘सबै ठाउँमा जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको छ’, उनले भने, ‘केन्द्रबाट बजेट आएपछि भौतिक संरचना निर्माण गर्छौं ।’ वर्षायाममा खल्ला मुसेट्टिबाहेक सबै ठाउँमा गाडीमा पुग्न सकिने उनले सुनाए । उनका अनुसार ५ देखि ७ किलोमिटर बिओपी राखिएका छन् ।

‘बिओपी स्थापना भएपछि सीमामा हुने आपराधिक गतिविधि कम भएका छन्,’ उनले भने । डोकेबजारबाट खल्ला मुसेट्टिसम्म भारतसँग जोडिएको १ सय २९ किलोमिटर क्षेत्रको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई छ ।

प्रतिक्रिया दिनुहोस्