Logo
Logo

चुनावका लागि एमालेद्वारा दल दर्ता


630
Shares

काठमाडौं । नेकपा एमालेले प्रदेश र संघीय निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । मंगलबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगाएतका नेताहरु आयोग पुगेर आगामी निर्वाचनका लागि दल दर्ता गराएका हुन् ।

दल दर्तापछि एमाले उपमहासचिव ज्ञवालीले आगामी निर्वाचनमा एमाले गठबन्धन बनाएर चूनाव नलड्ने बताउनुभयो । ज्ञवालीले विचार र एजेन्डा मिल्नेहरुसँग कहीँकतै तालमेल हुनसक्ने जिकिर गरे ।

निर्वाचनमा दलहरुका आफ्ना बिचारहरु जनतामाझ लगेर जनमत लिनुपर्ने भएपनि अहिलेको देखिएको गठबन्धनको प्रवृति लोकतन्त्रका लागि दिर्घकालिन रुपमा स्वस्थकर नरहेको उनले बताए ।

ज्ञवालीले कांग्रेस जस्तो कुनै समयमा दुईतिहाइ बहुमत ल्याएको पार्टी अहिले तालमेल नगरी एउटा पनि निर्वाचन क्षेत्रमा लड्न नसक्ने अवस्थामा पुग्नु राम्रो नभएको धारणा पनि राखे ।

बलियो दललाई गठबन्धन आवश्यक नपर्ने र कमजोर मात्रै गठबन्धन बनाएर जाने गरेको उनको भनाई छ । आगामी निर्वाचनमा हालसम्म निर्वाचन आयोगमा १० वटा दलले दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्