Logo
Logo

१९ जिल्लाका नदी तथा खोलामा बाढीको खतरा


504
Shares

फाइल फाेटाे ।

काठमाडौं । देशका अधिकांश भूभागमा आज वर्षाको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षाका कारण १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेखका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ ।

यस्तै, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा आसपास भइ बहने नदी र खोलामा पनि बाढीको खतरा रहेकाले सतर्कता अपनाउन भनिएको हो ।

अबको ३ दिनसम्म बाढी पहिरोको जोखिम रहेको महाशाखाको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्