Logo
Logo

सी जिनपिङले डरलाग्दो बदमासी गरे : पेलोसी


1.1k
Shares

अमेरिका । चीनले ताइवान टापु वरपर गरेको सैन्य अभ्यासलाई अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले बदमासीको संज्ञा दिएकी छन् ।

गत साता ताइवान भ्रमण गरेकी सभामुख पेलोसीले चीनको उक्त प्रतिक्रियाबाट कंग्रेसका सदस्य नडराउने पनि बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘डरलाग्दो बदमासी’ जस्तो व्यवहार गरिरहेको उनको भनाइ छ । पेलोसीको भ्रमणपछि चीनले ताइवान वरपर सैन्य अभ्यास गरिरहेका बेला उनको सो भनाइ आएको हो ।

चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास समाप्त भएपछि ताइवान वरपर ठूलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाएको छ । चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले पनडुब्बी विरोधी आक्रमण र समुद्री आक्रमणको अभ्यास गर्ने जनाएको छ ।

चिनियाँ सैन्य अभ्यासलाई ताइवानले टापुमा आक्रमण गर्न अभ्यासको रूपमा प्रयोग गरेको आरोप लगाएको छ ।
चिनियाँ विमान र जहाज आफ्नो क्षेत्रीय पानीमा प्रवेश गरिनसकेको ताइवानले जनाएको छ । सैन्य अभ्यासको अमेरिका, अस्ट्रेलिया, जापानले निन्दा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्