Logo
Logo

नेपाल युक्रेन र अफगानिस्तानजस्तो युद्धभूमि हुने खतरा : देव गुरुङ


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेपाल युक्रेन र अफगानिस्तानजस्तो युद्धभूमि हुन सक्ने खतरा रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सैन्य युद्ध आतंकको खतरामा रहेको बताएका हुन् ।

उनले भने, ‘नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने प्रक्रियाबाट जाने हो भने नेपाल कुनैदिन अफगानिस्तान, युक्रेन हुनसक्ने खतरा छ । हामीसामु युद्ध र सैन्य गतिविधिको खतरा छ, हामीसामु युद्ध आतंकको खतरा छ । युद्धको रुपमा नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुन्छ ।’

सुगौली सन्धीदेखि नै नेपालको राष्ट्रिय स्वाधीनता कुण्ठित हुँदै आएको बताउँदै नेता गुरुङले खुला सीमानाका कारण जनसांख्यिक अतिक्रमण, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको वृद्धि र राजश्व छली भइरहेको पनि बताए । यस्ता घटनाको गम्भीर असर देशको अर्थतन्त्रमा परिरहेको उनले बताए । उनले नेपाल र भारतबीचको खुला सीमा नियन्त्रित र व्यवस्थित गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘खुला अवस्थाका कारण नै हामीमाथि जनसांख्यिक अतिक्रमणको समस्या परेको छ, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको बढिरहेको समस्या परेको छ । राजश्व छलीको समस्या छ । जसले मुलुकको अर्थतन्त्रमाथि नै गम्भीर समस्या परेको छ । यस्ता समस्याले नेपालको राष्ट्रिय स्वाधिनता र अस्मितामाथि समस्या पैदा भएको छ ।’

प्रतिक्रिया दिनुहोस्