Logo
Logo

एकीकृत समाजवादीद्वारा घोषणापत्र र उम्मेदवार छनोट समिति गठन


4.3k
Shares

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले निर्वाचनका लागि घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड बनाउन नेताहरुलाई जिम्मेवारी तोकेको छ ।

बुधबार पार्टी कार्यालय आलोकनगरमाा बसेको सचिवालयको बैठकले आगामी ४ मंसिरमा हुने संघ र प्रदेशको चुनावका लागि घोषणापत्र तयार गर्न नेताहरु प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।

बैठकले उम्मेदवार छनोटको मापदण्ड र विधिबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी महासचिव बेदूराम भुसाललाई दिएको छ । त्यस्तै, बैठकले निर्वाचन सम्बन्धी निर्देशिका तयार गर्ने जिम्मा पार्टीको कानून विभागलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्