Logo
Logo

स्थानीय सरकारलाई सुशासनको केन्द्र बनाउनुपर्छ : पृथ्वीसुब्बा गुरुङ


819
Shares

दमौली । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारलाई सुशासनको केन्द्र बनाउनुपर्ने बताएका छन् ।

नेकपा (एमाले) घिरिङ गाउँ कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा गुरुङले एमालेले जितेका पालिकालाई सुशासनमा नमूना बनाउनुपर्ने बताए ।

सबै पक्षलाई मिलाएर लैजान सकेमात्र विकास हुने भन्दै गुरुङले मेलमिलापले मात्रै विकास सम्भव रहेको उल्लेख गरे । ‘जहाँ मेलमिलाप छ त्यहाँ विकास भएको छ, जहाँ झैझगडा छ त्यहाँ विकास हुँदैन, झैझगडा भए सुशासन पनि हुँदैन’, गुरुङले भने, ‘विकासको काममा विपक्षीलाई पनि मिलाएर लैजानुपर्छ ।’

गुरुङले भ्रष्टाचार नियन्त्रणका लागि नायक भएर काम गर्नुपर्ने बताउनुभयो । भ्रष्टाचार देश विकासको बाधक भएकाले भ्रष्टाचार नियन्त्रणका लागि सङ्कल्प गर्नुपर्नेमा उनले जोड दिए । सार्वजनिक सम्पत्तिको संरक्षणका लागि पनि जनप्रतिनिधिले रक्षा गर्ने गर्नुपर्ने उनको भनाइ थियो । ‘सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेमा हाम्रै पार्टीका कार्यकर्ता पनि छन्, त्यसको प्रवृत्तिको अन्त्य गर्नुपर्छ’, गुरुङले भने ।

गुरुङले हरेक काम पारदर्शी हुनुपर्नेमा जोड दिँदै पारदर्शी भए मात्र सुशासन सम्भव रहने धारणा राखे । ‘जालझेल गरेर शासन चलाउन हुँदैन, विधिको शासन ठूलो कुरा हो’, उनले भने, ‘कानून र विधिलाई ख्याल गर्नुपर्छ ।’ गुरुङले सनकका भरमा शासन गर्न नहुने भन्दै संविधानलाई टेकेर शासन गर्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्