Logo
Logo

मधेस प्रदेशले माग्यो जनस्वास्थ्य प्रयोगशालाका लागि २७२ कर्मचारी


441
Shares

काठमाडौं । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले २ सय ७२ कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

सामाजिक विकास न्त्रालयले करार सेवामा कर्मचारी भर्ना गर्न लागेको हो । जनस्वास्थ्य प्रयोशालाले बिहिबार सार्वजनिक सूचना जारी गरेर १३६ ल्याब टेक्निसियन र प्रशासनतर्फ पनि १३६ जना कर्मचारी माग गरिएको छ ।

योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्