Logo
Logo

चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु


441
Shares

काठमाडौं । चितवनमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका २९ जुगेडीमा ट्रकको ठक्करबाट अन्दाजी २४ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले हिजो बेलुकी सवा ८ बजे पैदल हिँडिरहेका उनलाई ठक्कर दिएको हो । मृतकको सनाखत हुन बाँकी छ ।

ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्