Logo
Logo

प्रचण्डलाई बाबुरामले राखे चुनावी तालमेलको प्रस्ताव


3k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी छाडेर नेकपा समाजवादी पार्टी गठन गरेका डा. बाबुराम भटराईले नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेलको प्रस्ताव राखेका छन् ।

बिहीबार नेकपा समाजवादी पार्टीका अध्यक्ष डा भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् । हात्तीवनस्थित एक घरमा भएको तीन नेताबीच भेटमा भट्टराईले आगामी निर्वाचनमा तालमेल गर्ने प्रस्ताव राखेको भट्टराई निकट स्रोतले बताएका छन् ।

बिहीबार बिहान सवा ९ बजेदेखि सवा १० बजेसम्मको भेटमा तीन नेताबीच चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको उनको भनाइ छ । डा. भट्टराईले औपचारिकरुपमा आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि राजनीतिक भेटवार्ता अघि बढाएका हुन् ।

यसअघि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुलाई फरक फरक समयमा भेटेर आगामी निर्वाचन कसरी अगाडि बढ्ने भन्नेबारे आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्