Logo
Logo

रवि लामिछाने नेतृत्व स्वतन्त्र पार्टीको ब्यानर च्यातियो


2.7k
Shares

हेटौंडा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको हेटौंडामा तय भएको बागमती प्रदेश भेलाको अघिल्लो दिन ब्यानर च्यातिएको छ।

शुक्रबार दिउँसोका लागि स्वतन्त्र पार्टीको प्रदेश भेला तय भएको थियो। भेलाकै प्रचारप्रसारका लागि हेटौंडा बजारमा ब्यानर राखिएको थियो। हेटौंडाको मुख्यचोक ९बुद्धचोक० मा राखिएको ५ वटा ब्यानर च्यातिएको अवस्थामा फेला परेको हो ।

‘हेटौंडामा हुन लागेको प्रदेशस्तरीय भेलाको प्रचार गर्ने उद्देश्यले हामीले हेटौंडाको विभिन्न स्थानमा ब्यानर राखेका थियौं । त्यो मध्ये बुद्धचोकमा राखिएको ५ वटा ब्यानर बिहान च्यातेको अवस्थामा फेला पारेका हौं’, स्वतन्त्र पार्टीको भेलाको अगुवाई गरिरहेका सुरेश थापाले भने, ‘कसले किन च्यात्यो हामीले थाहा पाउन सकेका छैनौं ।’ हेटौंडाको रोयल पार्टी प्यालेसमा भेलाको तयारी गरिएको छ ।

बुधबार साँझ कार्यक्रम प्रचारको लागि राखिएको ब्यानर बिहीबार बिहान च्यातिएको अवस्थामा फेला परेको हो । पार्टीको माथिल्लो निकायबाट केही नभनेकोले प्रहरीलाई समेत खबर नगरेको थापाले बताए । राजनीतिक प्रपोगाण्डाका लागि तपाइँहरुले नै ब्यानर च्यातेको हुनसक्छ भन्नेहरु पनि छन् नि रु भन्ने प्रश्नमा थापाले यस्तो भन्नेहरुले नै च्यातेको हुनसक्ने आरोप लगाए ।

‘हामी आफैंले च्यात्ने भए किन ब्यानर राख्नुपथ्र्यो र ? मेरो नेतृत्वमा स्वतन्त्र युवाहरुले आवश्यक प्रचारप्रसार गरिरहेका छन् । कसैलाई मन नपरेर च्यातेको हुनसक्छ’, थापाले भने ।

प्रतिक्रिया दिनुहोस्