Logo
Logo

आज र भाेली हल्का पानी पर्ने सम्भावना


441
Shares

काठमाडौं । मनसुनी प्रणाली केही निस्क्रिय बनेकाे भएको छ । जसका कारण आज हल्का मात्रै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका १/२ ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । अन्य प्रदेशमा खासै पानी पर्ने सम्भावना नरहेको उनको भनाइ छ ।

भोलि पनि पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान छ । वाग्मती र प्रदेश–१ का केही ठाउँमा भने भोलि ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ । पर्सि भने मनसुन फेरि सक्रिय हुने अनुमान छ ।

यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्