Logo
Logo

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु


3.4k
Shares

हुम्ला । कर्णाली करिडोर निर्माणका क्रममा भिरबाट लडेर सैनिकको मृत्इु भएको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका टीकाराम लामिछनेले मृत्यु भएको हा । सुर्खेत घर भएका उनी सेनाको विकास कार्यदलमा कार्यरत थिए ।

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार भिरबाट उनी सय मिटर तल खसेका थिए । भिर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा बिहीबार चिप्लिएर लामिछानेको मृत्यु भएको हो ।

सँगै रहेका हरिराम विष्टलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्