Logo
Logo

मिटरब्याजी पीडितहरूसँग सरकारले थाल्यो वार्ता


1.1k
Shares

काठमाडौं । सरकारले मिटरब्याजी पीडितहरूसँग वार्ता थालेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि गठन भएको कार्यदलले नवलपरासीका विभिन्न स्थानीय तहका पीडितहरूसँग सिंहदरबारस्थित गृहमन्त्रालयमा शनिबार वार्ता सुरु गरेको हो ।

शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिस्तरीय निर्णयबाट सहसचिव भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । संयोजक भुसालका अनुसार मिटरब्याजी पीडित संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्तासहित ७ जनाको टोलीसँग शनिबार वार्ता भएको छ ।

संयोजक भुसालले छिट्टै पीडितको समस्या समाधान हुने बताएका छन् । उनले पीडितका कुरा सुनिरहेको र उनीहरुका कुरा सुनेर छिटोभन्दा छिटो समस्या समाधान गर्ने बताए ।

पश्चिम नवलपरासीका ७७ जना मिटरब्याजी पीडित केही दिनदेखि माइतीघरमा धर्ना दिँदै आएका छन् । नवलपरासीमा सुदखोरहरूले डेढ लाख ऋण दिएर ३० लाखसम्म ब्याज असुलिसकेका छन् ।

नवलपरासी सुस्ताकी सुरसती मुसहरका श्रीमानले दुई छोरा विदेश पठाउन डेढ लाख लिएका थिए, छोराको कमाइबाट १२ लाख र जग्गा बेचेर १८ लाख दिइसके, तर साहुले अझै ५० लाख मागिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्