Logo
Logo

शीतलनिवास अगाडी आत्मदाह प्रयास


2.5k
Shares

काठमाडौं । राज्यले आफूलाई न्याया नदिएको भन्दै राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेकी निहारिकका राजपुतलाई प्रहरीले पक्राउ गरेको छ ।

आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित राष्ट्रपति भवन शितल निवासअघि पुगेकी २० वर्षीया निहारिकाले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ । राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसन बसिरहेकी छन् ।

यसअघि पनि उनी अनसन बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ । गत आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट पनि उनी पक्राउ परेकी थिइन् ।

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ । तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा अदालतमा विचाराधीन छ । यसअघिको अनसन तोड्ने बेला सरकारले उनको माग पुरा गर्न सबै खालका सहयोग गर्ने वचन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्