Logo
Logo

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता


9.1k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेटवार्ता भएको हो ।

स्रोतका अनुसार दुई नेताबीच गठबन्धनमा सिट बाँडफाँड, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतलाई गठबन्धनमा सामेल गर्ने तथा समसामयिक विषयमा छलफल भएको बताइएको हो । पाँच दिने जापान भ्रमण सकेर नेपाल फर्किएपछि प्रचण्डले पहिलोपटक देउवालाई भेटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्