Logo
Logo

‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चार जना पत्रकारलाई प्रदान


189
Shares

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चार जना पत्रकारलाई प्रदान गरेको छ ।

फोनिजको २३औँ स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा यस वर्षको फोनिज पुरस्कार छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौंका अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरका अप्सरा समाललाई प्रदान गरिएको हो ।

कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरे । पुरस्कार प्रदान गर्दै पर्यटनमन्त्री श्रेष्ठले संविधानले व्यवस्था गरेको विभेद अन्त्यलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहको बताए ।

त्यस्तै उनले नेपालमा पर्यटन क्षेत्रलाई चलाएमान बनाएर मुलुकको आर्थिक विकासका लागि पर्यटन दशक घोषणा गरेको र सवै मिलेर यसलाई सफल पार्नुपर्ने धारणा राखे ।

त्यस्तै फोनिजले यस वर्षको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ बुङ्वाखा मासिकलाई प्रदान गरिएको छ । कार्यक्रममा फोनिजले तीन जना पूर्वअध्यक्षहरुलाई पनि अभिनन्दन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्