Logo
Logo

भक्तपुरमा सशस्त्र प्रहरी सक्रिय, बस्ती जोगाउन तटबन्धन निर्माण


6k
Shares

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित राई टोलमा खोला पस्न लागेपछि सशस्त्र प्रहरीले तटबन्धन निर्माण गरेको छ ।

मनोहरा खोलामा पानीको बहाव बढेर खोला नजिकैका घरमा क्षती पु¥याउन लागेपछि सशस्त्रको नं. २२ गुहेश्वरी गण दुवाकोट भक्तपुरको टोलीले उक्त क्षेत्रमा बोरा तथा तारजाली लगाई तटबन्धन निर्माण गरेको हो ।

गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वासुदेव लोहनीले लगातार वर्षाको कारण भक्तपुरको विभिन्न ठाउँमा बाढी, पहिरोले क्षती पु¥याएका ठाउँहरुमा उद्धार कार्य भइरहेको बताए ।

त्यसैगरी चागुनारायण नगरपालिका–४ मा समेत मनोहरा खोलामा पानीको बहाव बढेर नजिकै रहेका बस्तीमा क्षती पुग्न लागेपछि सो क्षेत्र पनि सशस्त्र प्रहरी र स्थानीयले तटबन्धन निर्माण गरेका छन् ।

यसअघि चाँगुनारायण नगरपालिका–६ नगरकोटमा असार २४ गते पहिरो गएर अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले सुचारु गरेको थियो । नगरकोटबाट कात्तिके भन्ज्याङ्ग हुँदै साँखु जाने सडकमा पहिरो जाँदा त्यहाँ रहेको सेरेनी रिसोर्टको भवनमा समेत क्षती पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्