पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
प्रहरीले सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि जोशीलाई ६ असोजमा काठमाडौं शंखमुलमा पक्राउ गरेका थिए । ७ गते अदालतमा उपस्थित गराइएका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मिलेको थियो ।
जोशीसँग लिइएको बयानमा गितेन्द्रबाबु (जीबी) राईको नेतृत्वमा पोखरामा खुलेको सूर्दर्शन सहकारीमा आफ्नो खाता, हस्ताक्षर नभएको र आफूले त्यो सहकारी देख्दा पनि नदेखेको बयान दिएका छन् । तर, जोशीले गोर्खा मिडियामा आफू गलत मान्छेको फन्दामा परेको वयान दिएका छन् ।