Logo
Logo

सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर दिल्लीबाट पक्राउ


45.7k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् ।

इन्टरपोलमा रेड नोटिस जारी भएका मेयर नेपालीलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ । भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालेको प्रहरीले जनाएको छ ।

बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेकानेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो । सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली ५ जेठ ०८० देखि फरार थिए ।

इमेज सहकारीका संस्थापक मेयर नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्