Logo
Logo

वर्षका कारण नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन रोक


1.2k
Shares

चितवन । लगातार वर्षका कारणले आज रातिको समयमा नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक लगाउने निर्णय गरिएकाे छ ।

लगातारको पानीले रातीको समयमा पहिरोक‍ो जोखिम आंकलन गरि गाडी चल्न नदिने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मा गाडी चलाउन रोक्न लगाउने निर्णय भएको यादवले जानकारी दिए । नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने उनले बताए ।

अहिले नै सडकमा ठूला पहिरो नगएपनि जोखिम मुल्यांकन गरि लामो दूरीका बसहरु चल्न नदिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि परिरहेको झरीको रेड एलर्ट जोन चितवन परेको छ । यहाँ प्रतिकार्यको लागि तयार रहन पनि सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्