Logo
Logo

६० किलो सुन तस्करी प्रकरणः १० अभियुक्तलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश


567
Shares

काठमडौं । सर्वोच्च अदालतले ६० किलो सुन तस्करीका १० जना अभियुक्तलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले धरौटीमा रिहा हुने आदेश गरेको हो ।

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरुको निवेदनमा शुक्रबार न्यायाधीशद्वय श्रेष्ठ र ढुंगानाको इजलासले यस्तो आदेश जारी गरेको हो ।

सर्वोच्चको पेसी सूचीको कैफियतमा अभियुक्तहरुको तल्ला तहका ‘आदेश बदर, धरौटी माग गर्ने’ जनाउ गरिएको छ । सर्वोच्चका प्रवक्ता अचुतप्रसाद कोइकेलले आदेश नआइसकेकाले धरौटी रकम एकीन नभइसकेको जानकारी दिए ।

६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० असोज १ गते मुद्दा दायर गरेको थियो । चिनिया मुलका नागरिक दावाजिन वाङलाई मुख्य अभियुक्त बनाइएको उक्त मुद्दामा २९ जनालाई विपक्षी बनाइएको थियो । उनीहरुविरुद्ध सङ्गठित अपराधसहित पाँचवटा अभियाृेग लगाइएको छ ।

करिब ३ अर्ब ५० करोड ३१ लाख रुपैयाँ बिगो, कैद र जरिवाना मागदावी गरिएको छ । उनीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको उक्त मुद्दा जिल्ला अदालत काठमाडौमा छ ।

धरौटी सुविधा पाउने अभियुक्तहरुमा कुमार ढकाल, हर्कराज राई, रामकुमार भुजेल, सरोज श्रेष्ठ, दिलीप भुजेल, राजेन्द्रकुमार राई, सन्तोष चन्द, टाँसी भन्ने थुप्तिन छिरिङ र शिवकुमार सर्राफ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्