Logo
Logo

पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीको कमिटी भंग


756
Shares

काठमाडौं । पञ्चासिंहको नेतृत्वमा रहेको अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी भंग गरिएको छ । २३ औं महाधिवेशनको दोस्रो दिन नयाँ सिंह नेतृत्वको कमिटी भंग गरिएको हो । बिहीबारदेखि अखिल क्रान्तिकारीको महाधिवेशन त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा जारी छ ।

बन्द सत्रले सिंह नेतृत्वको कमिटीलाई भंग गरेर सात सदस्य अध्यक्षमण्डल गठन भएको निवर्तमान उपाध्यक्ष क्षितिज सापकोटाले जानकारी गराए । ‘निवर्तमान अध्यक्षले राजनीतिक प्रतिवेदन र विधान दिपेश पुनले पेश गर्नुभएको छ,’ उनले भने । प्रतिवेदनमा माथि छलफल शनिबार हुने भएको छ ।

अध्यक्ष पदमा १८ जनाले दाबी गरेका छन् । नेता वर्षमान पुन र जनार्दन शर्मा पक्षका विद्यार्थी नेताहरु बीच प्रतिस्पर्धा हुने सम्भावना छ । पुन पक्षबाट दिपेश पुन अध्यक्षको बलियो दाबेदार हुन्। शर्मा पक्षबाट मदन भट्टराई, मदन भुल र नारायण खनालमध्ये एकजना उम्मेदवार हुने सम्भावना रहेको स्रोतले बतायो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठसँग समान सम्बन्ध बनाएका पवन कार्की तथा प्रचण्ड र पम्फा भुसाल समूहसँग निकट सम्बन्धमा रहेका नरेश रेग्मी पनि अध्यक्षका दाबेदार हुन्। सूर्यनारायण साह, गजेन्द्र देव, प्रविणा अधिकारी, जीपी मैनाली लगायत पनि अध्यक्षका आकांक्षी छन् ।

१४ असोजसम्म चल्ने महाधिवेशनका लागि १७ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। निर्वाचन समितिको नेतृत्व पूर्वमहान्यायधीवक्ता तथा पार्टी केन्द्रीय सदस्य मुक्तिनारायण प्रधानले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्