Logo
Logo

कांग्रेसको सय दिने अभियान स्थगित, दशैंको चियापान पनि नगर्ने


315
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सय दिने अभियान स्थगित गरेको छ । आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले अभियान स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता डा. प्रकाश शरण महतले बाढी पहिरोबाट पिडित जनताको उद्धार र राहत कार्यमा केन्द्रित हुनुपर्ने भन्दै कोजाग्रत पूर्णिमा सम्मका लागि अभियान स्थगन गरिएको जानकारी दिए ।

साथै कांग्रेसले हरेक कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान कार्यक्रम पनि नगर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्