Logo
Logo

रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो : रास्वपा


2.8k
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार विपद् व्यवस्थापनमा चुकेको निष्कर्ष निकालेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले रवि लामिछाने‚ रास्वपा पार्टी र सहकारी प्रकरणमा सरकार अड्किँदा विपद् व्यवस्थापनमा चुकेको निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘अहिलेको राजनीति रवि‚ रास्वपा र सहकारीमा अड्केको थियो । त्यसैले कोही तयार थिएन र विपदमा आवश्यक परेको बेला सरकार चुकेको देखियो । सत्तारूढ दल नेपाली कांग्रेसको बैठकले सरकार चुकेको निर्णय निकालिसक्यो भने हामीले सरकारले कसरी काम गरेको भन्न सक्छौँ र ।’

झाले असोज १७ रास्वपा सरकारमा हुँदा बाढीको जोखिम रहेको छ भनेर तयारी गरेको भएपनि अहिले नयाँ गठबन्धन बनेर बनेको सरकारले विपद् व्यवस्थापनमा अर्कमण्डयता देखाएको बताए ।

उनले दुई दिनको वर्षाले दुई तिहाइको सरकारको औकात देखाइदिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्