Logo
Logo

राष्ट्रिय महाधिवेशन वैशाख २५, २६ र २७ गते चितवनमा गर्ने रास्वपाको निर्णय


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा)ले पार्टीको पहिलो महाधिवेशन वैशाख २५, २६ र २७ गते गर्ने भएको छ ।  

आइतबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले पहिलो महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिषा झाले जानकारी दिए । 


 
झाले प्राकृतिक विपत्तिको सामना गर्नमा सरकारी संयन्त्र चुकेको निष्कर्ष निकालेको बताए  । उनले सरकारको ध्यान रास्वपा, रवि र सहकारीमा रहेकाले प्राकृतिक विपत्तिको सामना गर्नमा सरकारी संयन्त्र चुकेको बताए ।

उनले दुई दिनको झरीले दुईतिहाइ सरकारको औकात देखाइदिएको टिप्पणी गरे । प्राकृतिक विपत्‌को पूर्वतयारीमा गठबन्धनले संवेदनशीलता नदेखाएकै कारण अहिलेको अवस्था आएको उनको भनाइ छ ।

झाले प्रक्रियागत रूपमा अघि आए सहकारी प्रकरणको अनुसन्धानमा सघाउन पार्टी तयार रहेको बताए । सांसदलाई पक्राउ गर्दा पुरा गर्नुपर्ने प्रक्रिया बिना अघि बढ्न खोजे स्वीकार्य नहुने उनको भनाइ छ । 

झाले सरकारले पूर्व डीआइजी छविलाल जोशीलाई पक्राउ गर्दा प्रक्रिया नपुगेको समेत जिकिर गरे । त्यस्तै रास्वपा बैठकले पार्टीको पहिलो महाधिवेशन वैशाख २५, २६ र २७ गते चितवनमा गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्