Logo
Logo

बाढी र पहिरोका कारण ११ सय मेगावाट उत्पादन रोकियो, साढे २ अर्ब क्षति


819
Shares

काठमाडौं । बाढी र पहिरोका कारण पूर्ण रुपमा सञ्चालनमा रहेका ११ वटा जलविद्युत् आयोजनाहरूमा क्षति भएको छ ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै कुल ६२५ दशमलव ९६ मेगावाट जडित विद्युत् क्षमताको ११ वटा सञ्चालनमा रहेका आयोजनामा क्षति भएको जनाएको हो । 

माथिल्लो तामाकोशी आयोजनाको हेडवर्क्स । फाइल तस्बिर

त्यस्तै, कुल १ हजार १० दशमलव २९ मेगावाट जडित विद्युत् क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत आयोजनामा क्षति भएको ऊर्जामन्त्री दीपक खड्काले जानकारी दिए । जसका कारण २ अर्ब ४५ करोड रुपैयाँ हाराहारी क्षति भएको उनले बताए । आपतकालीन अवस्थामा अधिकांश विद्युत् गृहरुको उत्पादन बन्द गरेर समेत करिव ११ सय मेगावाट बराबरको उत्पादन रोकिएको उनले बताए ।  
 
पत्रकार सम्मेलनमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीका कारण ट्रान्समिसन टावर र लाइनमा मुख्य समस्या देखिएको बताए । टावरमा नै क्षति पुगेका कारण विद्युत् उत्पादन भएपनि वितरणमा अवरोध भएको घिसिङले जानकारी दिए ।  

उपत्यकामा जोखिमका कारण शनिबार दिनभर विद्युत् बन्द गरेपछि क्रमश सुचारु हुँदै गएको घिसिङले बताए ।

प्रतिक्रिया दिनुहोस्