Logo
Logo

बाढीपहिरो र डुबानमा १७० जनाको मृत्यु, ४ हजारको उद्धार


252
Shares

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १७० जनाको ज्यान गएको छ ।

गृह मन्त्रालयले आइतवार साँझ पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले असोज १० गतेदेखि देशका अधिकांश ठाउँमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाबाट हालसम्म १७० जनाको मृत्यु र ४२ जना बेपत्ता भएको जानकारी दिए । उनले १११ जना व्यक्ति घाइते रहेको बताए ।

उनले विपद्‌बाट प्रभावितको खोज तथा उद्धारका लागि सबै सुरक्षानिकाय परिचालन भई निरन्तर काम गरिरहेको जानकारी गराए। उनले हालसम्म ४ हजार विपद्प्रभावितको उद्धार गरिएको र काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुरलगायतका जिल्लामा विभिन्न ठाउँमा घाइते भएका र अलपत्र परेका १६२ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्नुका साथै खाद्यान्न साथै आपत्‌कालीन राहत सामग्री उपलब्ध गराइएको बताए ।

प्रवक्ता तिवारीले भने, ‘देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट हालसम्म प्राप्त विवरणअनुसार १७० जनाको मृत्यु, ४२ जना बेपत्ता भएका छन् भने १११ जना घाइते रहेको अवस्था छ ।’

उनले घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको र खोज तथा उद्धार र राहतलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइरहेको बताए। अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्