काठमाडौं । हेटौँडास्थित कान्तिलोकपथ सडक खण्डमा अटोले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
हेटौडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नम्बरको अटोले ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका–६, शान्तिटोल निवासी ६८ वर्षीय जनक राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर चोट लागेका राईलाई प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो ।
तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको र अटो चालकलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।