Logo
Logo

रविको आजको बयान सकियो


1.1k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आजको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा आज बिहानदेखि सभापति लामिछानेको बयान लिइएको थियो । आइतबार बयानलाई निरन्तरता दिनेगरी आजको लागि बयान सकिएको प्रहरीले जनाएको छ ।

लामिछाने कार्तिक २ कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका हुन् । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध मंसिर २ गते पक्राउ अनुमति जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्